आईएनएफ नेपालले ७०औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज –  आईएनएफ नेपाल साइनिङ अस्पताल परिसर बाँकेमा भएको कार्यक्रममा आईएनएफले हाल सम्म गरेका कामहरुको चर्चा गर्दै भव्य रुपमा सम्पन्न गरेको छ ।
आईएनएफले नेपालका ग्रामीण र दुर्गम क्षेत्रमा गएर स्वास्थ्य सेवा, समुदायको विकास र सशक्तिकरणका कार्यक्रम संचालन गर्दै आएको छ ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गरेको कार्यक्रममा आईएनएफ नेपालका कार्यकारिणी समिति उपाध्यक्ष राजेन्द्र अधिकारीले कार्यक्रमा आएका पाहुनालाई स्वागत गर्नु भएको थियो ।
७० वर्ष अघि पोखराबाट आईएनएफले आफनो कार्यशुभारम्भ गरेको थियो । वार्षिकोत्सवका अवसरमा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले नेपालमा आईएनएफको संस्थागत परिचय दिदैं संस्थाले समुदायको विकासका क्षेत्रमा गरेको कामहरुको जानकारी गराउनु भएको थियो ।
स्वास्थ्य सेवा र समुदायको विकासमा क्षेत्रमा सक्रिय भएर निरन्तर नेपालमा काम गरिरहेको संस्था हो आईएनएफ । वार्षिकोत्सवका अवसरमा गुलाम हसमद साईले सेवाग्राहीको तर्फबाट आफनो अनुभव व्यक्त गर्नु भएको थियो
वार्षिकोत्सवको अवसरमा आईएनएफको स्वास्थ्य सेवाका बारेमा आईएनएफ मेडिकल सर्भिसेज डाईरेक्टर डा. अरुण कुमार बुढाले बताउनु भएको थियो । कार्यक्रमका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले सम्मान गर्नु भएको थियो ।
वार्षिकोत्सवमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र आइएनएफका कार्यकारी समितिका अध्यक्षले आमन्त्रिक सरकारी निकाय र संघ संस्थालाई मायाको चिनो सहितसम्मान गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा आईएनएफका कर्मचारीले नृत्य प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आइएनएफ नेपाल बोर्ड सदस्य डा. ईन्गे बाउमेन, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. बद्री चापागाई, लुम्बीनी प्रदेश स्वास्थ्य निर्देशनालष्यका स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । ७० औं वार्षिकोत्सव कार्यक्रमको सञ्चालन आइएनएफ नेपाल बाकेमा कार्यरत लैंगिक अधिकृत सकुन्तला सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *