नेपालगन्ज : बाँकेमा गठन भएको दैलेखी समाज बाँकेले नेपालगन्जका विभिन्न विद्यालयहरुमा गई लागु पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
पछिल्लो समयमा खासगरी कक्षा ११ र १२ तथा क्याम्पस मा पढ्ने विद्यार्थीहरुले लागू पदार्थको सेवन गर्ने गुनासो सर्वसाधारणबाट आइरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागु औसध परामर्श केन्द्रसंगको सहकार्यमा उक्त अभियान गर्न लागेको समाजका अध्यक्ष पुर्ण देव गिरीले बताए ।
अध्यक्ष गिरीले सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागू औशध परामर्श केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीसंग यश विषयमा कुराकानी भइसकेको र उहाँले प्रशिक्षक उपलब्ध गराउने भएपछि समाजले उक्त कार्यक्रम गर्न लागेको बताए ।
उक्त कार्यक्रम विभिन्न संघसंस्था, क्याम्पस, कलेज, विद्यालयहरुमा निरन्तर गरिरहने अध्यक्ष गिरीले नागरिक पथलाई बताए ।