दैलेखी समाज बाँकेको लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना  कार्यक्रम


नेपालगन्ज : दैलेखी समाज बाँकेको आयोजनामा,  सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागू औषध परामर्श केन्द्रको सहकार्यमा विद्यार्थीहरुलाई लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार नेपालगन्जको कारकादोमा रहेको वे टु प्रो प्राइभेट लिमिटेड र ग्लोबल ओरिएन्स नेपाल प्रा.लि.मा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई उक्त जनचेतना कार्यक्रम गरिएको दैलेखी समाज बाँकेका अध्यक्ष पुर्ण देव गिरीले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले लागू पदार्थ सम्बन्धि प्रशिक्षण दिनु भएको अध्यक्ष गिरीले बताए । दैलेखी समाज बाँकेका अध्यक्षता पुर्ण देव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक  प्रहरी  सेवा  केन्द्रका अध्यक्ष दिपेन्द्र  कुमार जाेशी,  प्र ह, कमला चौधरी , प्रहरी हवल्दार कमला चन्द, दैलेखी समाजका बरिस्ठ  उपाध्यक्ष  डिल ब. थापा,   सचिब गणेश  बहादुर खड्का, सदस्य  खेमराज माँझी, विद्यार्थी समाजका अध्यक्ष हिरामणी दाहाल लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *