सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक सेन्टर प्रा.लि. क‍ो स्वास्थ्य शिविर सम्पन्न


नेपालगन्ज : नेपालगन्जको गुरुद्वारा नजिकै रहेको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक सेन्टर प्रा.लि. क‍ो स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार बिहान ८ बजेदेखि सुरु भएको स्वास्थ्य शिबिरमा बरिस्ठ फिजिसियन एण्ड एन्डोक्राइनोलोजिष्ट डा. अलतवान राहीले चेकजाँच गरेका हुन्। उक्त शिविरमा एकसय बढीले सेवा लिएको उक्त सेन्टरका मेनेजिङ्ग डाइरेक्टर खुर्सिद आलामले बताए ।

उक्ति शिविरमा लिपिड प्रोफाइल, सुगर, थाइराइड जाँच गरेको सामान्य शुल्क ५०० लिएको प्रयोगशाला विभाग प्रमुख लंक रोकायले बताए । शिविरमा आएका अधिकांश बिरामीहरु सस्तो रेटमा जाँच गराउन पाउँदा खुसी भएको बताएका थिए ।

उक्त शिविरमा म्याक्लिय‍ोर्ड फर्मासेटिकल्स प्रा.लि.को सहकार्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *