प्रादेशिक महोत्सव नेपालगन्जमा आज १८ हजार दर्शकले अवलोकन गरेको आयोजकको दावी


नेपालगन्ज :  प्रादेशिक महोत्सव २०८१’ नेपालगन्जको तेस्रो दिन शनिबार १८ हजार ९ सय ५० दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको  छ।

आयोजकले आफ्नो फेसबुक पेजमा शनिबार ज्योति मगर आएको दिन १८ हजार ९ सय ५० जनाले महोत्सवमा अवलोकन गरेको जनाएको छ । भोलि आइतबार पल शाह आउने कार्यक्रम रहेको बताइएको छ ।   महोत्सवमा उपस्थित हुनुभएका सम्पूर्ण दर्शकहरुमा हार्दिक आभार समेत व्यक्त गरेको छ ।

आइतबार नायक पल शाह, गायिका शान्तिश्री परियार, अन्नु चौधरी लगायतका कलाकारहरु आउने भएको जनाउँदै  दर्शकहरुलाई  उपस्तिथिका लागि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *