नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा भुर्तेल

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा शम्भु भुर्तेल सर्वसम्मतिले चयन भएका छन् ।

स्थानीय सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा शम्भु भुर्तेल, उपाध्यक्ष पदमा गिता थापा, सचिव पदमा आकाश वर्मा, सहसचिव पदमा आशा बि.क., क‍ोषाध्यक्ष पदमा नुर जहाँ लगायत १५ सदस्यीय सर्वसम्मतिले चयन भएको नव निर्वाचित वडा अध्यक्ष भुर्तेलले बताए ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर अध्यक्ष रतन बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा माओवादी केन्द्रको विकल्प नभएको बताए । उनीहरूले देशनै माओवादीको एजेन्डामा चलेको हुदा आम जनतालाई उक्त कुराको जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि शाहीले हिजो माओवादीबाट फुटेका पार्टीको बिचमा छिट्टै पार्टी एकीकरण हुने बताए ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तिरथ राम चिडिमारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नगर अध्यक्ष रतन बहादुर शाही, नगर सचिव प्रेम बहादुर शाही, वडा नं १२ इन्चार्ज धर्मराज न्यौपाने, नगर सचिवालय सदस्य शिला श्रेष्ठ, महिला नगर अध्यक्ष मिना डाँगी , नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटीईभिटी केन्द्रीय उपाध्यक्ष प्रवेश शाह, बौद्धिक व्यक्तित्व भरत पौडेल, दामोदर घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष मन्दिरा पाण्डे, विद्यार्थी नेता मर्मजङ्ग बम ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

oplus_0

Leave a Reply

Your email address will not be published. Required fields are marked *