महोत्सवका नाममा अबोध बालबालिकाको प्रयोग गैरकानुनी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगञ्ज-  नेपालगन्जमा आज देखि सञ्चालन गरिएको  छैठौं नेपालगञ्ज महोत्सवका नाममा स्कुलका सानासाना  बालबालिकाको  प्रयाेग भएकाे पाइएकाे छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम यसरी बालबालिका प्रयोग गर्नु गैरकानुनी समेत हो।

पछिल्लाे समय महाेत्सवका नाममा धेरै जना सहभागीता देखाउन स्कुले विद्यार्थीहरूकाे बढि प्रयाेग गर्ने गरेकाे पाईएकाे हाे ।

बिहिवारदेखि नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा स्कुलकाे पढाई बन्द गरेर स्कुले विद्यार्थीकाे प्रयाेग गरिएकाे छ । हामीले आफ्ना छाेराछाेरीहरूलाई स्कुलमा पढन् पठाएका हाैं तर स्कुलले आफ्ना छाेराछाेरीहरूलाई महोत्वसका नाममा सडकमा जयजयकार गर्न पठाएर दु:ख दिएकाे अभिभावकको गुनासो रहेको छ ।

महाेत्सवमा सहभागी एक शिक्षिकाले भनिन् मेलाका नाममा विद्यार्थी प्रयाेग गर्न मिल्दैन र बालबालिकालाई सास्ति दिनु राम्रो हैन तर केही सिकाईहाेस् भनेर सहभागी गराईएकाे बताईन् ।

पछिल्लो समय महाेत्वसका नाममा बिभिन्न कार्यक्रमहरू गरेर स्कुले बिद्यार्थी प्रयोग गर्नु उचित नभएको  स्थानीयबासी बताउँछ । यस्ता किसिमका महोत्सवमा बालबालिकाहरुलाई  भ्रमण गराउने बहानामा र्यालिमा सहभागी समेत गराउने गरिएको पाइएको छ ।

विद्यार्थीको शैक्षिक गतिविधि अवरोध गरी यसरी मेला महोत्सवमा प्रयोग गर्नु कुनै तबरले जायज होइन।उक्त गतिविधि नेपालको संबिधान २०७२ को धारा ३९ र प्रचालित बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम गैरकानुनी समेत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *