नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को अध्यक्षमा दिपक चौधरी

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा दिपक चौधरी   सर्वसम्मतिले चयन भएका छन् ।

स्थानीय वडा नं १० मा रहेको शिव मन्दिरको  भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा दिपक चौधरी , उपाध्यक्ष पदमा मिना मिश्र , सचिव पदमा रोहित पटहर, सहसचिव पदमा विजय धरुक, क‍ोषाध्यक्ष समिरा धरुक लगायत ९ सदस्यीय सर्वसम्मतिले चयन भएको नव निर्वाचित वडा अध्यक्ष चौधरीले बताए ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर सचिव प्रेम बहादुर शाही प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा माओवादी केन्द्रको विकल्प नभएको बताए । उनीहरूले देशनै माओवादीको एजेन्डामा चलेको हुदा आम जनतालाई उक्त  कुराको जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि शाहीले हिजो माओवादीबाट फुटेका पार्टीको बिचमा छिट्टै पार्टी एकीकरण हुने बताए ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नगर सचिव प्रेम बहादुर शाही, वडा नं १० इन्चार्ज चन्द्र प्रकाश श्रेष्ठ, नगर सचिवालय सदस्य डा. डक्ट प्रसाद धिताल, गजेन्द्र गुरुङ , बौद्धिक व्यक्तित्व जागेश्वर अधिकारी, मीन बहादुर अधिकारी, जित प्रसाद शर्मा लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *