सडकको पेटीमा खसी बोका काट्दा उपमहानगरपालिका मौन, दुर्गन्ध फैलिएर स्थानीय आक्रोशित

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको वडा नं ४ मा रहेको सडक पेटीमा खसी बोका काट्दा उपमहानगरपालिका तै चुप मै चुप रहेको छ ।

स्थानीय वडा नं ४ मा रहेको गगनगन्ज चोकमा सडकमै खसी बोका काट्दा वडा कार्यालय तथा उपमहानगरपालिका मौन रहदा स्थानीय बासिन्दाले दुखेसो गरेमा छन् ।

सडकमा खसी बोकाको लादी नालीमा फाल्ने गर्दा दुर्गन्धित भएर घरमै बस्न नसकिएको स्थानीय अजय गुप्ताले बताए ।
उनले भने ” हामीले पटकपटक वडा अध्यक्षलाई जानकारी गराएका थियौं, मौखिक रुपमा उपमहानगरपालिकाका प्रमुखलाई जानकारी गराउदा समेत कुनै चासो नदेखाएको उनलेे बताए ” ।

उक्त गगनगन्ज चोकमा धार्मिक मठमन्दीर शिव मन्दिर, शहावा मस्जिद समेत रहेका छन्, बाटोमा हिड्दा समेत दुर्गन्धले गर्दा मानिसहरु मुख छोपेर हिड्न वाध्य भएको स्थानीय जिलानी हलवाईले बताए । स्थानीयले विरोध गरेपछि वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन लगायतको टीम अनुगमनमा आउदा त्यहाँ रहेको सडक पेटीको नालाको ढक्कन खोलेर हेर्दा पुरा नाला लेदोले भरिएको थियो । वडा अध्यक्षले पटकपटक वडामा ब‍ोलाउदा उक्त खसी बोका काट्ने व्यक्ति नआएको बताउदै उनीहरूलाई कानुनी कारबाही गरिने बताएका छन् ।

उक्त सडक पेटीमा खसी बोका काट्ने व्यवसायी इबराहिम, कलिम, साबिर अलि, ढोडे लगायतका व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि अगाडि बढ्ने वडा अध्यक्ष गोपाल पुनले बताए । नेपालगन्ज उपमहानगरपालिकाका ४० बढी नगर प्रहरी खाली तलव खाने मात्र काम भएको, उनीहरुको काम सन्तोषजनक नदेखिएको स्थानीय बासिन्दाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *