दैलेखी समाज बाँकेले विविध कार्यक्रम गरी वार्षिकोत्सब मनायो, आज वृहत् रक्तदान सम्पन्न

नेपालगंज बिशेष

नेपालगन्ज : दैलेख जिल्लाबाट बाँकेमा आइ बसोबास गरेका व्यक्तिहरुले सञ्चालन गरेको दैलेखी समाज बाँकेले आफ्नो १९ औं वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाएको छ ।

बाँके जिल्लामा आइ बसोबास गरेका विभित्र जिल्लामा व्यक्तिहरुले आफ्नो जिल्लाक‍ो नाममा गठन गरेजस्तै दैलेखी समाज बाँकेले पनि दैलेखीहरुको उपस्थितिमा गठन गरि दैलेखीहरुलाई केही समस्या आइपरेको खण्डमा सहजीकरण गर्ने, सहयोग गर्ने लगायतको काम गर्नुका साथसाथै समाजमा सामाजिक कामहरु समेत गरिरहेको छ ।

समाजले १९ औं वार्षिकोत्सबको अवसरमा नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर सरसफाइ, समाजको कार्यालयमा दीप प्रज्वलन र शनिबार वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका अध्यक्ष पुर्णदेव गिरीले बताउनुभयो । आज गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *