जि.भि.एन. नेपालगन्जमा कानुन विषय लिएर अध्ययनरत विद्यार्थीहरुद्वारा छात्रबासमा खाद्यान्न सहयोग

शिक्षा स्थानीय तह

नेपालगन्ज- शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बाँकेको  जि.भि.एन. माध्यमिक विद्यालय, नेपालगन्जमा कानुन संकाय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु र तिनलाई पढाउने शिक्षकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आमाको माया छात्रबासमा  खाद्यान्न सहयोग गरेका छन्।

उक्त विद्यालयमा कक्षा ११ मा कानुन विषय लिएर अध्ययन गरिरहेका विद्यार्थी तथा पढाउने शिक्षकहरुले आफ्नै तहबाट थोरै–थोरै रकम संकलन गरी जनजाति कल्याण आश्रम अन्तर्गत सञ्चालनमा रहेको आमाको माया छात्रावासलाई बुधबार खाद्यान्न हस्तान्तरण गरेका हुन्। कार्यक्रममा विद्यार्थीहरुले अध्ययनसँगै समाजसेवामा पनि सक्रिय हुनुपर्ने विचार राखेका थिए।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका संयोजक खुमलाल शर्माले शिक्षकहरुले विद्यार्थीलाई केवल किताबमा सीमित नभई समाजप्रति उत्तरदायी बन्न आवश्यक रहेको बताए। सो अवसरमा छात्रावासका बालबालिकाले सहयोगी विद्यार्थी र शिक्षकहरुप्रति आभार प्रकट गरेका थिए।

विद्यालयले यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीमा सहयोगी भावना, दायित्वबोध र समाजसँग प्रत्यक्ष जोडिने अवसर प्राप्त हुने विश्वास व्यक्त गरिएको उक्त विद्यालयका इन्चार्ज केपी घिमिरेले बताए । उक्त खाद्यान्न हस्तान्तरण कार्यक्रममा कानुन विषय पढाउने शिक्षक लेखाराम श्रीवास्तव विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *