नेपालबाट भारतको गुवाका लागि हिडेका एक सय जना यात्रुृहरु भारतको मध्य प्रदेशमा हाईज्याक भएका छन् ।
शनिबार नेपालगञ्जबाट भारतको गुवाको लागि हिडेको बसगाडी साहु भन्छ नेपालगन्ज पुष्पलालचोकमा रहेको पञ्चकोशी र भगवती टुर्स एण्ड ट्राभल्सले टिकेट काटेको ६० हजार रुपैया नदिदा सयौं यात्रुहरुलाई सोही गाडी साहुले २४ घण्टासम्म हाईज्याक गरेका हुन । भारतको UP 93B T9944 नम्बरको बसमा सवार यात्रुहरुको नेपालका उक्त दुई ट्राभल्स्ले भाडा वापत बुझाउन बाँकी ६० हजार रुपैया नबुझाए पछि गाडी साहूले आफै यात्रुहरुलाई हाईज्याक अर्थात यात्रुहरुलाई होल्ड गरेर राखेका हुन ।
जनही ३ हजार भारु अर्थार ४ हजार आठ सय रुपैया नेपाली का दरले अग्रिम भाडा बुझाएका छन् । ट्राभल्सको आर्थिक बदमासीका कारण सयौ यात्रुहरुले पर भुमीमा दु:खदायी सास्ती व्यहोर्नु परेको छ । गाडीमा सवार यात्रु भन्छन २४ घण्टा भयो हामीलाई एक घना जंगलमा रोकाएको छ । गाडी साहु र चालकसंग कुरा गर्दा नेपालगञ्जको ट्राभल्सले हामीलाई पैसा नबुझाए हामी अगाडी नबढ्ने बताएका छन । नेपालगञ्जका ट्राभल्समा सम्पर्क हुन सकिरहेको छैन ।