नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार क्लबको अध्यक्ष डा. ला. खेमा भण्डारीको अध्यक्षतामा भएको क्लवकको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा वृक्षारोपण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ला. विनोद कुमार श्रेष्ठ, विशिष्ट अतिथिमा निवर्तमान गभर्नर ला. मुकुट ढकाल, विशिष्ट अतिथिमा भिडिजि ला. ज्ञानेन्द्र कुमार श्रेष्ठ, लायन लिडर मधुसूदन शर्मा, लायन लिडर ला. उमा थापा, ला. मिना ढकाल, ला. कृष्ण प्रसाद श्रेष्ठ, ला. उषा भण्डारी, जोन चेयर पर्सन ला. सुमन गिरी, क्लबका पूर्व अध्यक्ष ला. केपी घिमिरे, लियो लिडर प्रकाश कुवर, लियो हिरामणी दाहाल लगायतका अतिथिहरुको उपस्थितिमा विभिन्न जातका बोट बिरुवा लगाइएको हो ।
प्रमुख अतिथि ला. विनोद कुमार श्रेष्ठले लायन्स परिवार भनेको खुल्ला विश्वविद्यालय भएको बताउनुभयो । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ एन ले विश्वमा नै उत्कृष्ट काम गर्न सफल भएको बताउनुभयो । लायन सुमन गिरीले क्लबका अध्यक्ष लगायतको टीमले अझै धेरै राम्रा राम्रा कामहरु गरेर उत्कृष्ट क्लब बन्न सल्लाह सुझाव दिनुभयो ।
नयाँ वर्ष २०२४/२५ को अध्यक्ष ला. डा. खेमा भण्डारीले आफ्नो कार्यकालमा क्लबलाई उत्कृष्ट क्लब बनाउन आफ्नो टीम लागि पर्ने बताउनुभयो । सचिव ला. विजया लक्ष्मी केसी ले सञ्चालन गरेको कार्यक्रममा अधिकांश अतिथि हरुले क्लबले गरेका राम्रा राम्रा कामहरूको खुलेर प्रशंसा गर्नुभएको थियो ।
