नेपालगन्ज – होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार बाँकेकाे नेपालगञ्जमा सम्पन्न होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हाे ।
संघकाे अध्यक्ष लगायत सबै २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएकाे निर्वाचन मण्डलका निर्वाचन अधिकृत बसन्त गौतमले बताउनुभयो ।
नयाँ कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा दधिरामभण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल कडेल, द्दितिय उपाध्यक्षमा दिपेन्द्र पुन मगर, पर्यटन उपाध्यक्षमा दोर्ण बहादुर आचार्य, महिला उपाध्यक्षमा सुमित्रा बेलबासे, महासचिवमा गणेश बेलवासे, उप महासचिवमा शिव राज सापकोटा, सचिवमा, महेश बेलवासे, सह सचिबमा लिलाधर भट्टराई, कोषाध्यक्षमा खेतुलाल उपाध्याय, सह कोषाध्यक्षमा जुद्ध कुँवर सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरूमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल पाण्डे, टेक बहादुर बुढा, मन बहादुर घर्ती मगत, बाबुराम पन्थी, इश्वरी प्रसाद पोख्रेल, डिलाराम पौडेल, मैयाँ कार्की, दुखीराम चौधरी, दिपा वली, रामप्रसाद गौतम, प्रवेश वली,हरि प्रसाद खनाल सर्वसम्मत निर्वाचित हुनुभएको गौतमले बताउनुभयो ।