लुम्बिनी प्रदेशमा दुईजना मन्त्री थप बाँकेबाट शहरी विकास मन्त्रीमा नमुना

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – लुम्बिनी प्रदेश सभाले दुईजना मन्त्री मण्डल हेराफेरी गरेको छ । एकजना बाँके र अर्को प्युठानबाट मन्त्री थपेको छ ।

बाँकेबाट कृष्णा केसी नमुनालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्युठानका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवार मिलेको छ ।

बाँकेकि सांसद नमुना नेकपा माओवादी केन्द्रकि हुनुहुन्छ भने प्युठानका सरोज थापा नेपाली कांग्रेसका हुनुहुन्छ । नवनियुक्त मन्त्रीलाई आइतबार सपथ खुवाउने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *