हरपल होलिष्टिक होम केयरको घर निर्माणको अन्तिम चरणमा, असोज देखि त्यहीँबाट सेवा दिने तयारी

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : घरघरमा २४ सै घण्टा नर्सिङ सेवा दिने उद्देश्यका साथ स्थापना भएको हरपल होलिष्टिक होम केयर एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.को आफ्नो घर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

देशमा महामारी कोभिड १९ को बिगबिगी भएको बेलामा घरमा गएर बिरामीको सेवा दिने उद्देश्यका साथ सोही बेलामा स्थापना भएको उक्त संस्थाले अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा भाडामा घर लिएर सञ्चालन गरिरहेको अध्यक्ष बसन्ता केसीले बताउनुभयो ।

उक्त संस्थाले अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ राँझा एयरपोर्टमा ४ कट्ठा जग्गा लिजमा लिएर पार्किङ, बगैंचा सहितको घर निर्माण गर्न लागेको संस्थाकी सचिव सुमन गिरीले बताउनुभयो । उक्त घरमा कसैले आफ्नो वृद्ध बुबा आमालाई दिनभरिको लागि वा रातदिन कति दिनसम्म राख्न चाहान्छन त्यति दिनको लागि सामान्य शुल्क तिरेर राख्न सकिने र उहाँ बुबाआमाहरुले घरमा जस्तै वातावरणमा सेवा पाउने उहाँले बताउनुभयो ।

मध्य तथा सुदूर पश्चिम, कर्णाली प्रदेशमा यो पहिलो संस्था हुनसक्छ जसले २४ सै घण्टा घरघरमा पुगेर चिकित्सकीय र नर्सिङ सेवा उपलब्ध गराउने गरेको छ । यसक‍ो सुविधा लिन आम सर्वसाधारण सबैलाई संस्थाको टीमले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *