अखिल क्रान्तिकारी  नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संविधान दिवसमा दीप प्रज्वलन

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : आज नेपालका विभिन्न ठाउँमा ८ औं संविधान दिवस भव्य रुपमा मनाइएको छ, जस अन्तर्गत अखिल क्रान्तिकारी  नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संविधान दिवसमा दीप प्रज्वलन गरि विद्यार्थी संगठनद्वारा संविधान  दिवस मनाइएको छ ।

बुधबार साँझ स्थानीय बि.पी.चोकमा जम्मा भएर विद्यार्थीहरुले कोणसभा गरि संविधान दिवस मनाएका हुन् । हजारौंको बलिदानले आएको संविधानलाई संस्थागत गरि सबैले पालना गरि प्रत्येक नेपाली नागरिकको हात हातमा नेपालगको संविधान हुनुपर्नेमा अखिल क्रान्तिकारीका बाँके जिल्ला इन्चार्ज सुरेन्द्र शाहीले बताए ।

उक्त कोणसभामा सभालाई अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष बिष्णु कनोजियाले सञ्चालन गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारी बाँकेका सचिव सुनिल बटाला, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सचिव हरेन्द्र बि.क. लगायत विद्यार्थी नेता तथा विद्यार्थीहरुको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *