अहो! कस्तो विभेद
यहाँ मान्छे मान्छेमा
व्यापार व्यापारीमा
धनी अनि गरिबमा
देश अनि परिवेशमा
गाउँ अनि सहरमा
हिमाल, पहाड ,तराई ,मधेस
क्षेत्र -क्षेत्रमा
पुर्व पश्चिममा
हरेक ठाँउमा विभेद
हरेकले हरेकलाई गर्ने विभेद
त्यो भन्दा ठुलो
सरकारले जनता – जनतालाई गर्ने विभेद ।
यहाँ आफ्ना र अर्कालाई गर्ने विभेदको के कुरा
हेर अपराधी -अपराधीमा गरिने विभेद
भ्रष्टाचारी -भ्रष्टाचारीमा हुने विभेद
बलत्कारी – बलत्कारीमा देखाईने विभेद
हरेक तह र तख्ताहरूमा हुने विभेद ।
ओ!महाशय
तिमीहरू जात र लिङ्गमा विभेद देख्छौ
यो देशको सरकारले मृत्युमा पनि विभेद गर्छ
उडेर हुने मृत्यु अनि गुडेर हुने मृत्युमा
रतिभर सोच्दैन
उनीहरू पनि यहीँ देशका जनता भनेर
र त गरिने उद्दारमा विभेद
देखाईने सहानुभूतिमा विभेद
हुने सहयोगमा विभेद
मनाईने शोकमा विभेद
दिने श्रद्धाञ्जलीमा विभेद
त्यसैले जे गरौं ठुलो गरौं यो देशमा
ऋण खोजेर मृत्यु पनि आकाशमै रोजौँ
जहाँ सरकारको आँखा परोस् ।।
शान्ति अधिकारी
बाँके