हत्या आरोपित कुर्मीलाई प्रदेश मन्त्री बनाएको भन्दै चौतर्फी विरोध


नेपालगन्ज : एकल महिला निर्मला कुर्मीको हत्यामा आरोपित रहेका बाँकेका सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति आपत्ति जनाउँदै महिला अधिकार मन्च बाँकेले बुधबार प्रेस विज्ञप्ति निकालेको छ ।

निर्मला हत्याको बारेमा पटकपटक सडक आन्दोलन गरि सरकार र आन्दोलन पक्षबीच असार १० गते चौथो पटक ५ बुदे सहमति भएको उल्लेख गरिएको छ । उक्त घटना अभियुक्त भनिएका बादसाह कुर्मीलाई असारको अन्तिममा सम्मानित अदालतमा पेस गर्ने भनेर सहमति गरिए पनि सो बमोजिम नगरिएको विज्ञप्तिमा भनिएको छ ।

उक्त घटना बाँकेका प्रहरी प्रमुख एस पी तुल बहादुर कार्की र सरकारी वकिल कार्यालयका प्रमुख बिष्णु शर्माले उक्त घटनालाई आलटाल गरेको आरोप लगाइएको छ । पहिलाको सरकारले गरेको सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्नुपर्नेमा एमाले कांग्रेसको गठबन्धन सरकारले उक्त मुद्दाको स्वरुप नै परिवर्तन गर्ने उद्देश्यले आरोपित कुर्मीलाई मन्त्रीमा सिफारिस गरिएकोमा विरोध जनाइएको छ ।

उक्त विज्ञप्तिमा बादसाह कुर्मीलाई प्रदेश मन्त्रीको पदबाट निलम्बन गरि सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै सम्मानित अदालतमा उपस्थित गराउन माग गरिएको छ । कुर्मीलाई मन्त्री बनाएको राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रेस विज्ञप्ति निकालेको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *