गायिका रचना रिमालको गीतमा झुमे जि.भि.एन.ट्यालेण्ट हण्टमा विद्यार्थीहरु


नेपालगन्ज : शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा रहेको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.को शुक्रबार भएको जि.भि.एन. ट्यालेण्ट हण्ट कार्यक्रममा गायिका रचना रिमालका थुप्रै गीतमा विद्यार्थीहरु झुमेका थिए ।

कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको अवसर पारेर जिभिएन ट्यालेण्ट हण्ट कार्यक्रम आयोजना गरिएको थियोे । चर्चित गायिका रचना रिमालले गायका दर्जन बढी गीतमा विद्यार्थीहरुले नाचेर र गीत गायर कार्यक्रमलाई हौसला गरेका थिए ।

गायिका रिमाले उनको प्रीति मेरो होकी, मिनरल वाटर, दाया चल्यो बायाँ चल्यो मान्छे चलेन, चर्किएको हैन सरी टुट्यो हाम्रो माया लगायतका गीतले हल गुन्जायमान भएको थियोे । विद्यार्थीहरुले उनले गीत गाउदा वन्स मर भनेर हुटिङ्ग गरेका थिए ।

कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत छात्रा वर्षा पाण्डेले चलाएको कार्यक्रममा गायिका रचना रिमाल, नारायण मा.वि. नेपालगन्जका प्रधानाध्यापक बाबू तरुण गौतम, जगत ज्योति मा.वि. का प्रधानाध्यापक इश्वर पौडेल लगायतको उपस्थिति रहेको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।

उक्त कार्यक्रममा विभिन्न नाँचहरु, कल्चरल सो कार्यक्रम प्रस्तुत गरिएको थियो । कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, कर्मचारी र शिक्षकलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *