बिरामीको सेवासंगै राजनीतिमा पनि सक्रिय घर्ती

विचार/व्लग

गोकर्ण बहादुर शाही

हालै सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी एमाले को कोहलपुर नगरपालिका वडा न ५ को वडा अधिवेशनबाट वडा कमिटीको सचिव पदमा निर्बिरोध रुपमा निर्वाचित भएका भीमराज घर्तीको जन्म बि.स. २०३५ साल चैत्र २५ गतेका दिन सुर्खेत जिल्लको साबिकको मटेला गा. बि. स मा भएको हो उहाँको प्रारम्भिक शिक्षा सुर्खेत जिल्ला बाट एस. एल. सी. उतीर्ण गर्नु भएका घर्तीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट राजनीतिक शास्त्रबाट स्नातक सम्म अध्ययन गर्नुभएको छ।

११ बर्षको कलिलो उमेरमै  निरंकुश पन्चायती शासन व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था पाप्तिको आन्दोलनमा समेत सङलग्न हुनु भएका घर्तीले बहुदल प्राप्त पश्चातका हरेक(स्थानीय  आम) चुनावमा सूर्य ध्वजावाहक उम्मेदवारहरु लाई जिताउन अहोरात्र खट्नुभएको कुरा सुर्खेत जिल्लाका जिम्मेवार नेता कार्यकर्ताहरुले  स्वीकार  गर्दछन  स्थानीय निर्वाचन २०५४ माप्रचार प्रसारका क्रमम बिपक्षी पार्टी  नेपाली काङ्ग्रेसका कार्यकर्ता सङ्ग झडप हुँदा  बाल बाल बच्नु भएको कुरा त्यति बेलाका उम्मेदवारले बताउछन।झडपको  क्रममा बिपक्षी कार्यकर्ता लखेटेर लग्दा उहाँ  सुरुङमा २ दिन सम्म लुकेर बसी आफ्नो ज्यान बचाउन सफल भएको कुरा स्थानीय जिम्मेवार  पार्टी नेताहरुले बताउछ्न ।

यसरी पार्टी सङ्गठन निर्माण मा महत्त्वपूर्ण योगदान दिएका घर्ती हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वरिष्ठ पारामेडिकल कर्मचारीका रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँ एक कुशल सङ्गठक साहित्यकार लेखक  स्पष्ट वक्ता कुशल कार्यक्रम सङ्चालकका रूपमा परिचित हुनुहुन्छ। हालै नेपालगन्ज मेडिकल कलेजमा भएको कर्मचारी आन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियोे । महत्त्वपूर्ण सम्बोधन तथा लेख रचनाका माध्यमबाट कर्मचारीलाई आन्दोलन थप ऊर्जा दिएका कारण कर्मचारीहरु लगाएत आन्दोलनका क्रममा माग गरेको कुरा कार्यक्रम सञ्चालक गोकर्णबहादुर शाहीले बताउनु भयो।

यस्तो ऊर्जावान व्यक्तिलाई पार्टी सचिवकोरूपमा पाउनु वडा न ५ पार्टी कमिटीको भाग्य हो भन्ने कुरा हालै सप्पन्न भएको वडा न ५ वडा कमिटीको शुभ,आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिको वक्तव्यका क्रममा अखिल नेपाल महिला सङघकि केन्द्रीय सदस्य एवम पार्टी नेतृ भारती खनालले बताउनु भयो। उक्त शुभकामना आदानप्रदान कार्याक्रममा वडा कमिटी सचिवका रुपमा भीमराज घर्तीले कुशलता पूर्बक संचालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेकपा एमाले वडा ५ वडा कमिटिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *