प्रेस सेन्टर नेपाल  कोहलपुर नगर कमिटीको नयाँ नेतृत्व चयन अध्यक्षमा हमाल

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीको सोमबार भएको विशेष भेलाले नयाँ कार्य समिती  चयन भएको छ जसको अध्यक्षमा पुष्पराज हमाल सर्वसम्मतिले चयन भएका छन् ।
उक्त भेलाबाट  १३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको  हो । जसको उपाध्यक्षमा  विवेक रेग्मी , सचिवमा शोभखर बि-क- , सह सचिवमा राम गोपाल बि-क, कोषाध्यक्षमा सुशील शर्मा, सदस्यहरुमा  मनोज कोइराला , शान्ति सुनार, प्रीया शाही ,मिना रावल, प्रमिला बि-क,मनविर परियार ,राजु चौधरी र प्रमिता बि-क चयन भएका हुन ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सचेतक  माननिय पार्वती पुन उषाको प्रमुख आतिथ्यमा भएको विशेष भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, प्रेस सेन्टर नेपाल केन्द्रीय अनुशासन अायोग सदस्य सुशील लामिछाने, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शिव बि-क-, प्रेस सेन्टर नेपाललुम्बिनी प्रदेश सदस्य तथा पत्रकार महासंघ बाँकेका सचिव हेमन्त चौधरी प्रेस सेन्टर बाँके जिल्ला अध्यक्ष डक्ट प्रसाद धिताल, नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका अध्यक्ष अभिराज खड्का, उपाध्यक्ष बल बहादुर खड्का  लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *