लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको अध्यक्षमा डा. भण्डारी 


नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२४/२५ का लागि अध्यक्ष पदमा डा. खेमा भण्डारी सर्वसम्मत चुनिनु भएको छ ।

बिहीबार क्लबको अध्यक्ष ला. जयेश जंग शाहको अध्यक्षतामा भएको क्लवको भेलाबाट  सर्वसम्मत रुपले पदाधिकारी चयन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि जोन चेयर पर्सन  ला. सुमन गिरी, क्लबका पूर्व अध्यक्ष ला. केपी घिमिरे, ला. दिपक गुप्ता  लगायतका अतिथिहरुको उपस्थितिमा पदाधिकारी चयन  गरिएको हो ।

नयाँ वर्ष २०२४/२५ को  अध्यक्षमा ला. डा. खेमा भण्डारी त्यसैगरी  प्रथम उपाध्यक्षमा ला. पुष्पा सुवेदी , द्वितीय उपाध्यक्षमा ला. डा. रोमन किदुवाई, तृतीय उपाध्यक्षमा ला. बेबी कुमारी मण्डल, सचिवमा ला. विजया लक्ष्मी केसी , सहसचिवमा ला. सुनिता तिवारी , कोषाध्यक्षमा ला. श्रृष्टि श्रेष्ठ  लगायतका पदाधिकारीहरु चयन भएको वर्ष २०२३/२४ का अध्यक्ष ला. जयेश जङ्ग शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *