नेपालगन्ज : २४ सै घण्टा घरघरमा नर्सिङ सेवा दिने उद्देश्यले स्थापना गरिएको हरपल होलिष्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले आफ्नै भवन निर्माण गर्न लागेको छ । बिहीबार उक्त लिजमा लिइएको जग्गामा भवन निर्माण गर्न सिलान्यास गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट भैरव स्थान गुठी मन्दिर नजिकैको जग्गा लिजमा लिएर भवन निर्माण गर्न लागेको उक्त संस्थाकी अध्यक्ष बसन्ता बि.सी.ले बताउनुभयो ।
सात सदस्यीय मिलेर सञ्चालनमा ल्याइएको उक्त प्रा.लि. ले उक्त ठाउँमा त्यहीँका स्थानीय लोकदर्शन श्रेष्ठसंग ४ कट्ठा जग्गा लिजमा लिएर सेवा दिन लागिएको उक्त संस्थाकी सचिव सुमन गिरीले बताउनुभयो ।
कोभिड महामारीको समयदेखि स्थापना गरि सेवा दिइरहेको उक्त संस्थाले बिरामीहरुको चिकित्सकीय स्वास्थ्य चेकजाँच सेवा देखि घरघरमा गएर ड्रेसिङ्ग, स्टीच आउट, औसधि खुवाउने, २४ सै घण्टा नर्सिङ सेवा लगायतको सेवा दिदै आइरहेको छ ।
यस्तो किसिमको सेवा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा नौलो तथा एकमात्र रहेको उक्त संस्थाकी अध्यक्ष बि.सी.ले बताउनुभयो । उक्त संस्थामा शेयर सदस्यका रुपमा बसन्ता बि.सी., डा. खेमा भण्डारी, सुमन गिरी, रेन्जु श्रेष्ठ, मधु ज्ञवाली, कोपिला शर्मा र केशव पुडासैनी रहेको संस्थाकी उपाध्यक्ष डा. खेमा भण्डारीले बताउनुभयो ।