बाँकेका हरित हेमन्त काफ्ले सम्मानित


लुम्बिनी विश्व शान्ति हरित सम्मान २०२४ बाट वातावरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेवापत नेपालगन्ज-१९ का हरित रुख लगाउ भनेर अभियान चलाएका हेमन्तराज काफले बुद्धको जन्मभुमि लुम्बिनीमा सम्मानित भएका छ्न ।

उनले सोही अवसरमा लुम्बिनीमा १० वटा सितलचिनिको बिरुवा पनि लगाएका छ्न । वातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने उनले गरेका छन् ।

आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने काम कफ्लेले गरेका छ्न । उनले देशका धेरै ठाउँमा बिरुवा लगाउदै हिड्ने गरेका छ्न । उनले राष्ट्रपति राम चन्द्र पौड्याल, पुर्ब रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, प्रदेश ५ का पुर्ब मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली,पुर्ब मन्त्री महेश्वर गहतराज , पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई , नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम , जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिई सकेका छ्न । उनले रुख प्रती सबैको माया बढोस भनेर यसरी बिरुवा दिने गरेको बताए ।
उनको बानी नयाँ कोहि कसैलाई भेटे तुरुन्त समय मिलाएर बिरुवा उपहार दिने गरेका छ्न । काफ्लेले देशका नाम चलेका ब्यक्ति देखि सामान्य किसानसम्म बिरुवा उपहार दिने गरेका छ्न नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेत लाई हरित अभियान्ता काफ्लेले बिरुवा दिने गरेका छ्न । उनले सरकारी कार्यलयहरुमा आफै गइ बिरुवा लगाउने देखि जिल्लामा जो कोहि नयाँ सिडियो आउना साथ बिरुवाले स्वागत गर्ने बानी काफ्लेको रहेको छ । उनले बन्जर जमिनमा बिरुवा लगाउनु पर्छ भनेर किसानलाई प्रेरणा दिनुका साथै कुन बिरुवा लगाउने भनेर सल्लाह पनि दिने गरेको बताए ।

उनको निरन्तर लगनशीलता र हरित अभियानलाई उच्च मुल्यांकन गर्दै लुम्बिनी बिश्व शान्ति मंचले एक समारोह बिच बुद्ध जन्म भुमी लुम्बिनीमा मोरिङ्गा फर लभका निर्देशक प्याट्रीक चौ र संस्थाका अध्यक्ष बासु गौतमले संमान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *