प्रधानाध्यापक इश्वर पौडेलको नेतृत्वमा आएपछि जगतज्योति मा-वि- नेपालगन्ज  चम्किदै

लुम्बिनी प्रदेश बिशेष शिक्षा स्थानीय तह स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको इश्वर पौडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा रहेको जगत ज्योति मा-वि- नेपालगन्ज सम्हाले पछि विद्यालयले उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

लामो समयसम्म  कुनै पनि खेलकुद लगायतका गतिविधि नभएको अवस्थामा पौडेलले प्रधानाध्यापकको बागडोर सम्हाले पछि एस इ इ मा उत्कृष्ट नतिजा दिन सफल हुनु भएको छ भने विद्यालयमा खेलकुद लगायतका विविध गतिविधिहरु हुदै आइरहेको अभिभावक  हिम बहादुर केसीले बताउनुभयो ।
४ सय ५० जना विद्यार्थी रहेको विद्यालयमा विद्यालय स्तरीय खेलकुद कार्यक्रम गरिरहेको जगतज्योति मा-वि- ले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुबिच स्पुन रेस, कुर्सी रेस, स्लो साइकल रेस, हट पोटेटो, कबड्डी, भबिवल, दौड, हाइजम , लमजङ्ग लगायतका खेलहरु आयोजना गरिएको पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *