जि.भि.एन.का विद्यार्थीद्वारा खाजा खर्च कटौती गरेर आश्रममा सहयोग


नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जमा कक्षा ११ मा व्यवस्थापन संकाय नेपाली माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटौती गरेर मानव सेवा आश्रममा सहयोग गरेका छन् ।

बिहीबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा उक्त विद्यालयमा व्यवस्थापन संकायमा कक्षा ११ मा नेपाली माध्यमबाट अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम संकलन गरर आश्रममा नगद ७ हजार ९ सय सहयोग गरेका छन् ।

उक्त विद्यालयमा सामाजिक विषय अध्यापन गराउनु हुने शिक्षक भरत पोखरेल र शिक्षिका प्रतिभा आचार्य सहितको विद्यार्थीको टीम मानव सेवा आश्रममा पुगेका हुन् ।

आश्रममा सञ्चालक उर्बिन सापकोटाले विद्यार्थीहरुलाई त्यहाँका जिउदा देवी देवताको बारेमा बताउदा उनीहरुल आखाँ रसाएका थिए । अहिलेका युवाहरुले पछि गएर आफ्ना बुबाआमा लाई पनि यस्तै आश्रममा पुग्ने नगराउनु होला भन्दै सापकोटाले सम्झाउनु भएको थियो ।

विद्यार्थीले यस्ता किसिमका सामाजिक कार्य गर्दा र गराउन पाउँदा अत्यन्त खुसी भएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *