नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहको परिसरमा आज हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई विशेष हरित महिनाको रुपमा मनाउने हेतुले बास नेपाल वातावरण विभागको आयोजनामा सम्पन्न वृहत् वृक्षारोपण तथा केराका बिरुवा रोपण कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्दै हरित वातावरण निर्माणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले वृक्षारोपण गर्दै बिरुवा रोप्नु भनेको भावी पुस्ताको जीवन सुरक्षित गर्नु भएको उल्लेख गर्नु भो । उहाँले वातावरण संरक्षण जलवायु परिवर्तन न्यूनीकरण तथा हरित विकासका लागि प्रत्येक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्नु नै दिगो विकासको आधार भएको उहाँको भनाइ थियो।

कार्यक्रमका सभापतिले जयन्दु बाल सुधार गृहमा केराका बिरुवा तथा विभिन्न प्रजातिका वृक्ष रोपिएको उल्लेख गर्दै यस्ता अभियानले बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारी र आत्मनिर्भरताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। साथै बास नेपालले वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सञ्चालन गर्दै आएका अभियानहरू प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमअन्तर्गत जिल्ला वन डिभिजन कार्यालयको सहयोगमा पारिजात, अर्जुन, कटहर, सितलचिनी, कल्की लगायतका बहुउपयोगी तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवाहरू रोपिएका थिए। साथै फलफूल उत्पादन र हरियाली विस्तार गर्ने उद्देश्यले केराका बिरुवासमेत रोपिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जग्गादाता तथा संरक्षक जेकेएस सिंह, नागरिक समाज संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्सका पूर्व गभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका अध्यक्ष जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, हरित अभियन्ता तथा बासका बाताबरण बिभाग संयोजक हेमन्तराज काफ्ले, समाजसेवी कमल काफ्ले , दैलेखी समाजका डि.बि. थापा , रविन्द्र बोहरा केराका ५० बढी बिरुवा देबेन्द्र अधिकारीले सहयोग गर्नु भएको थियो कार्यक्रममा सामाजिक व्यक्तित्व तथा वातावरण अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले वातावरण संरक्षण हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्दै बाल सुधार गृह परिसरलाई अझ हराभरा बनाउनुका साथै प्रकृतिसँगको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता वृक्षारोपण अभियानलाई निरन्तरता दिइनेछ भनेर बासका निर्देशक नमस्कार शाहले जानकारी दिनु भयो।

