नेपालगन्ज : गुल्मेली समाज सेवा बाँकेले आफ्नो २१ औं वार्षिकोत्सबमा विविध कार्यक्रम गरि मनाएको छ ।
गुल्मेली समाज सेवा बाँके २०६० साल चैत ६ गते बाँके जिल्लामा स्थापना भइ समाजमा केही न केही तवरले सेवा दिदै आइरहेको छ । २१ औं वर्षको दौरानमा आइपुग्दा बाँकेमा यस समाजले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

मंगलबार बिहान बागेश्वरी मन्दिर परिसरमा सरसफाइ गरेको समाजले साँझ नेपालगन्जमा रहेको नीलसागर सेवाश्रममा त्यहाँ रहेका बाल गणेश, जिउदा देवी देवतालाई सन्ध्या कालिन भोजन खुवाएको छ । संस्थाका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा खाना खुवाएपछि छोटो औपचारिक कार्यक्रम गरेको हो ।
संस्थाले निवर्तमान अध्यक्ष भाष्कर काफ्ले , संस्थापक अध्यक्ष लक्ष्मण प्रसाद गौतमलाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ । लामो समयसम्म जिउदा देवी देवतालाई सेवा गर्दै आइरहनु भएको सरिता नीलसागरलाई पनि समाजले सम्मान गरेको छ ।
नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता नीलसागरे गुल्मेली सेवा समाजलाई समाजमा अतुलनीय कार्य गरेको भन्दै संस्थाको तर्फबाट प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।
संस्थाका सचिव हिमनाथ पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रम संस्थापक अध्यक्ष लक्ष्मण प्रसाद गौतम, समाजका सल्लाहकार पुर्णलाल चुके, संस्थाको उपाध्यक्ष भिमलाल कंडेल, कोषाध्यक्ष प्रदिप सापकोटा, विष्णु गौतम, गुल्मेली समाजका सल्लाहकार सदस्यहरु, कार्यसमिति सदस्यहरु, शुभेच्छुकहरुको उपस्थित रहेको हो ।
