जिल्ला प्रशासन र वाणिज्य कार्यालयको संयुक्त अनुगमन, ४ वटा पसले लाई कारबाही

अर्थ / बाणिज्य नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बाणिज्य कार्यालय समेतको सहभागितामा शुक्रबार बाँकेका ६ वटा पसल तथा फर्महरुमा अनुगमन गर्दा ४ वटा पसल कारबाहीमा परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा रहेको पोरेवाल किराना पसलमा म्याद गुज्रिएको ८ लिटर चिसो पेय पदार्थ रु १ हजार १ सय बीस बराबरको नष्ट गरिएको छ । सोही वडामा रहेको चियर्स ग्यालेक्सीमा छापा मार्दा म्याद समाप्त भएका ४० बोतल अर्ना बियर र ४ वटा ईनर्जी ड्रिङ्स नस्ट गरिएको छ ।

त्यसैगरी वडा नं ११ कै मालिका कम्युनिकेशनमा बिल / बिजक बिना कारोवार गरेको पाईएकोले तत्काल रु ५ हजार जरिवाना गरिएको छ भने न्यु भेरी किराना स्टोर्समा पनि बिल/ बिजक बिना कारोवार गरेको पाइएकोले तत्कालका लागि रु २० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *