विकासका लागि  नेकपा माओवादी केन्द्रलाई भोट दिन  नेपालगन्ज वडा नं १२ का उम्मेदवारको भनाइ

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् ।


नेकपा माओवादी केन्द्र वडा नं १२ बाट युवा नेता तिरथराम चिडिमारको  नेतृत्वमा सदस्यहरुमा दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा पठान, दलित महिला सदस्य गौरी परियार चुनावी मैदानमा होमिएका छन् ।


आज बेलासपुरमा सयौंको सङ्ख्यामा घरदैलो कार्यक्रम गरेको अध्यक्ष चिडिमारले बताए । हामी वडा नं १२  मा शिक्षा, स्वास्थ्य, बाटो घाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्ने सदस्य पदका उम्मेदवार दिपेश श्रेष्ठले बताए । हाम्रो टीम नै युवा टीम र वडा नं १२ का लागि सक्षम भएको हुदा यो आफ्नो टीमलाई गोलाकार भित्रको हसिया हथौडामा भोट हालेर जिताउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *