जि.भि.एन. मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट गरेका छन् ।


होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम राम कृष्ण तिमिल्सिना, एच.आर. प्रमुख पुर्ण प्रसाद ढुङ्गाना, एफ. एण्ड बि. म्यानेजर सिताराम पोखरेल, मार्केटिङ म्यानेजर नवीन भट्ट, एक्जुकेटिभ चिफ कृष्ण बहादुर हमालले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको हो ।

प्रशिक्षणका क्रममा होटल म्यानेजमेन्ट विषयको फाइदा, यसको महत्त्व र होटलमा ग्राहकलाई गर्नुपर्ने व्यवहारको बारेमा जोड दिइएको थियोे । उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ सय ३५ जना विद्यार्थीहरुको सहभागी रहेको उक्त विद्यालयका संयोजक खुमलाल शर्माले बताउनुभयो ।

विद्यालयका संयोजक खुमलाल शर्मा, इन्चार्ज के.पी. घिमिरे, होटल म्यानेजमेन्ट विषय अध्यापन गराउने शिक्षक रमेश खनाल लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई भिजिट गराउनुका साथै व्यवहारिक ज्ञान लगायतको प्रशिक्षण गराइएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *