नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुले सडकमा सरसफाइ गरेका छन् ।
विद्यालयमा विभिन्न खेलकुद कार्यक्रम गरेको बेलैमा विद्यार्थीहरुले विद्यालय नजिकै रहेको सडकमा सरसफाइ गरि फोहोरलाई व्यवस्थापन गरेका छन् ।

उक्त विद्यालयका प्रिन्सिपल राजु मल्लका अनुसार विद्यार्थीहरुलाई सामाजिक कार्य अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी गराइदै आइरहेको बताउनुभयो । शुक्रबार विद्यार्थी र शिक्षकको टीमले सडक सरसफाइ गरेको उहाँले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ संगै जोडिएको जानकी गाउँपालिकामा रहेको उक्त विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावकको मन जित्न सफल भएको छ ।

