जनयुद्ध दिवसको विदा बदर गर्नु इतिहास माथिको अन्याय हो- बस्नेत

मुख्य खबर

नेपालगन्ज – सर्वोच्च अदालतले जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय विपरीत उक्त विदा बदर गरेको प्रति माओवादी नेताहरूले असन्तुष्ट जनाएका छन् ।

सर्वोच्च अदालतको सो निर्णयलाई इतिहास माथिको अन्याय बताउँदै अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका उपमहासचिव एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य बुद्धबहादुर बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्ट जनाएका छन् ।

नेता बस्नेतले जनयुद्ध दिवस नेपालको इतिहासमा गौरवपूर्ण दिन भएको हुँदा यसको रक्षा गर्नु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैको कर्तव्य भएको धारणा व्यक्त गरेका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्, “पछिल्लो समय अदालतले अलि छुद्र शैली अवलम्बन गरेको देखिन्छ । लोकतान्त्रिक व्यवस्थाभित्र हरेक कुरामा अदालत हावी हुनु राम्रो संकेत पक्कै पनि होइन । नेपालमा निरङ्कुश शासनको अन्त्य गरि गणतन्त्र स्थापना गर्ने श्रेय जनयुद्धलाई जान्छ । त्यो लुकाउनु इतिहास माथिको अन्याय हो । इतिहासका विरुद्ध धावा बोल्नु अदालतको क्षेत्राधिकार होइन । जननिर्वाचित सरकारको साख बलियो भएमात्र स्वाधिनताको रक्षा हुनेछ । जनयुद्ध दिवस नेपालको इतिहासमा गौरवपूर्ण दिन भएको हुँदा यसको रक्षा गर्नु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैको कर्तव्य हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *