नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना

लुम्बिनी प्रदेश बिशेष शिक्षा


पहल केसी –

टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना गरिएको छ ।
आव बुधबार कलेजको खुल्ला प्रांगणमा आयोजित शैक्षिक प्रदर्शनी नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो ।
प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीबाट मान्यता प्राप्त पश्चिम नेपालकै प्राविधिक शिक्षाको हब मानिएको उक्त कलेजमा विद्यार्थीहरुले आर्जन गरेको शैदान्तिक ज्ञान अर्थात कितावबाट पढेको ज्ञानलाई व्यवहारिक पक्षबाट देखाउन खोजिएको कलेजका प्रिन्सिपल अमित थापाले बताउनु भयो ।
कलेजमा हाल तीन वर्षिय सामान्य चिकित्सक, ल्याब टेक्निसियन, सिभिल ओभरसियर र कम्प्युटर इन्जिनियर संकायमा अध्यापन हुदै आएको छ । सिटिइभिटीबाट लिएको वार्षिक परीक्षामा हरेकवर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका आर्थिक शाखा प्रशासन प्रमुख पंकज पाण्डेले जानकारी दिनुभयो । प्रमुख पाण्डेका अनुसार कलेज स्थापनाकाल देखि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र यस कलेजमा अध्ययन सकिएका पछि विद्यार्थीहरुले देशको सरकारी तथा गैर सरकारी क्षेत्रमा उच्च तहमा काम गर्दै आएको बताउनुभयो । यसकारण सबैको रोजाईमा नेपालगञ्ज कलेज नै रहेको उहा“को भनाई थियो ।
कलेजले शैक्षिक प्रद्धर्शनी कार्यक्रम स्थापनाको प्रायः हरेक वर्ष गर्दै आएको छ । प्रद्धर्शनीमा शुन्दर शहर निर्माण, विभिन्न पुल निर्माण, व्यवस्थित रुपमा सजिएको गाउँ समाज निर्माण, स्वास्थ्य चौकीको व्यवस्थापन र आफ्नै कलेज निर्माणको ढाँचा उदाहरण स्वरुप देखाइको थियो । विगत केहि वर्ष यता आएको कोभिड–१९ को प्रभावमा शिक्षा क्षेत्रलाई पनि पारेको असरले केही समस्या आए पनि हाल विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा पूर्ण रुपमा सक्रिय हुदै यस्ता प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै आएको कलेजले जनाएको छ । प्राविधिक कलेजहरुमा व्यवहारिक शिक्षण सिकाई पक्षलाई महत्वका साथ लिइन्छ । प्रद्धर्शनी कार्यक्रम नेपालगञ्जका अन्य विभिन्न प्राविधिक कलेजहरुबाट समेत अवलोकन गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *