नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना मिनी अभ्यास सुरु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा आज फागुन २७ र भोलि २८ गते प्रशिक्षण तथा अभ्यास भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी” ” कानुन निर्माण प्रक्रिया, संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया ” युवा र राजनिती लगायतको बारेमा प्रशिक्षण दिइएको छ ।
उक्त कार्यक्रममा उत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट नेतृत्वकर्ता , उत्कृष्ट वक्ता गरि ३ विधामा ट्रफी, मेडल, प्रमाणपत्र, शैक्षिक छात्रवृत्ति, सदस्यता प्रदान लगायत विविध पुरस्कारहरु दिइने छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा उच्च अदालत तुल्सीपुर इजलासका शाखा अधिकृत कुल बहादुर भण्डारी रहनु भएको थियोे । त्यसैगरी अतिथिमा बासका निवर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, अधिवक्ता जयराज जैसी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव के.पी. घिमिरे, सामाजिक शिक्षक भरत पोखरेल, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनौजिया, पत्रकार आशिष मल्ल लगायतका रहनु भएकोे थियोे ।
उक्त संसदीय नमुना अदालतमा बाँकेमा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका ४५ जना विद्यार्थीहरुको उपस्थिति रहेकोे थियोे । जि.भि.एन. मा.वि. नेपालगन्जमा कक्षा १२ मा कानुन संकायमा अध्ययनरत विद्यार्थी विवेक शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उक्त संस्थाका संयोजक मुकुन्द दीप मडैले गर्नु भएको थियोे भने
कानुनका विद्यार्थी छत्र सुनारले स्वागत मन्तव्य राख्नु भएको थियोे । प्रशिक्षक विनोद खत्रीले आज दिनभर प्रशिक्षण दिएको संस्थाका अध्यक्ष मडैले जानकारी दिनुभयो ।


