प्रहरी प्रधान कार्यालयको कार्य सम्पादनमा प्रहरी कार्यालय  बाँके  पहिलो स्थानमा पर्न सफल

नेपालगंज बिशेष मुख्य खबर लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन अभिलेख ढाँचा (Report Card) – २०८३ असार अनुसार बाँके जिल्ला प्रथम स्थानमा पर्न सफल भएको छ ।

बाँकेले १०२ पूर्णाङ्कमध्ये ९४.६९ अंक (९२.८३%) प्राप्त गर्दै आफ्नो समूहका ७ जिल्लामध्ये पहिलो स्थान हासिल गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (SP) अंगुर जिसीको नेतृत्वमा रहेको बाँके प्रहरीले यस अघिको मासिक कार्य सम्पादन मूल्यांकनमा ७७ जिल्लामा सर्वोत्कृष्ट कार्य सम्पादन मूल्यांकनमा प्रथम समेत भएको थियो ।

एसपी अंगुर जिसीको नेतृत्वमा बाँके प्रहरी, नेपाल प्रहरीको केन्द्रिय कार्यसम्पादन रिपोर्ट कार्डमा देशकै उत्कृष्ट प्रदर्शन गर्ने टिमको रूपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले साउन ६ गते  सार्वजनिक गरेको २०८३ असार महिनाको कार्यसम्पादन अभिलेख (Report Card) मा जिल्ला प्रहरी कार्यालय बाँकेले उत्कृष्ट नतिजा हासिल गरेको हो।

रिपोर्ट कार्डअनुसार बाँकेले १०२ पूर्णाङ्कमध्ये ९४.६९ अंक अर्थात् ९२.८३ प्रतिशत प्राप्त गर्दै आफ्नो समूहका जिल्लामध्ये प्रथम स्थान सुरक्षित गरेको हो।

यससँगै बाँके प्रहरी देशभरका उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कार्यालयमध्ये एकका रूपमा स्थापित भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको नेतृत्वमा अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन, अनुसन्धान, सेवा प्रवाह तथा संगठनात्मक कार्यसम्पादनमा उल्लेखनीय सुधार देखिएको मूल्याङ्कन प्रतिवेदनले संकेत गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूको दैनिक कार्यसम्पादन, जिम्मेवारी निर्वाह, सेवा प्रवाह, अनुशासन, प्रभावकारिता तथा प्रशासनिक सूचकका आधारमा मूल्याङ्कन गर्दै रिपोर्ट कार्ड सार्वजनिक गर्ने व्यवस्था गरेको छ।

सोही मूल्याङ्कनमा बाँकेले उच्च अंक प्राप्त गर्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेको हो।

बाँके प्रहरीले पछिल्लो समय नेपाल प्रहरीका उदेश्यहरु सगै  लागूऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, सीमा क्षेत्रमा सुरक्षा निगरानी, सामुदायिक प्रहरी साझेदारी तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको तथ्याङ्कले देखाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *