राखेपले भौतिक पुर्वाधारको अध्ययन गर्न विष्टको संयोजकतत्वमा तिन सदस्यीय समिति गठन

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् राखेपले लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न दिपेन्द्र विष्टको संय‍जकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जिवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न उक्त समितिलाई भनेको छ ।

संयोजक विष्टले ‘लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरिएको हो’, उनले नागरिक पथलाई भने । समितिले चालु आ.व.मा प्रदेशमा संचालित पूँजीगत कार्यक्रमहरुको समन्वय तथा अनुगमनका लागि समेत काम गर्ने उनले बताए ।

गठित समितिले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका खेल संरचना सँगै निर्मार्णाधिन संरचनाको अध्ययन, अनुगमन गर्ने र रिपोर्ट पेश गर्ने समितिका संयोजक विष्टले जानकारी दिएका छन् ।

खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचनाहरुको पहिचान गर्न, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारहरुको अध्ययन–निरीक्षण गरी यसै पत्रसाथ संलग्न कार्यक्षेत्रको परिधी भित्र रही समिति सक्रिय रहने छ । त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय तथा संवाद गरी समितिले प्रतिवेदन बनाउने विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *