नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल शनिवार बिहानै हातमा गैँती लिएर आफ्ना सहयोगी कर्मचारीहरु लिएर कार्यालय परिसरको प्राङ्गण वरिपरि सरसफाइ गर्न निस्कने गरेका छन् । सोही क्रममा शनिबार पनि पोखरेलले गैँती हातमा लिएर एका बिहानै सरसफाइमा जुटेका हुन् ।
प्रत्येक बिदाको दिनमा प्रजिअ पोखरेल जिल्ला प्रशासन कार्यालय वरिपरि परिसरमा सरसफाइ गर्ने, फूलबारी बनाउने, गरिब दिन दु:खीको सेवाका लागि फिल्डमा खटिने गर्ने गरेका छन् । उनले प्रशासनबाट हुने कामलाई सबै सामु पुर्याउन प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालबाट जानकारी दिने गरिरहेका छन् ।

उनलेे प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउनेलाई निशुल्क फाराम कार्यालय भित्र भरिदिने व्यवस्था गरेका छन् । परिचय पत्र आइसकेको व्यक्तिहरुको सूचना सामाजिक सञ्जालमा राखिदिने, सेवाग्राहीबाट प्रतिक्रिया लिने र सहज र सरल तरिकाले सेवा दिनको लागि आफू लागि परेको उनले बताए ।
