होटल स्टार लाईटद्वारा मानव सेवा आश्रममा न्यानो कपडा वितरण

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि.द्वारा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ ।

उक्त मानव सेवा आश्रममा रहनु हुने ६० जना बुबाआमा दिदीबहिनीहरुलाई जाडो अत्यधिक बढेको हुदा न्यानो ज्याकेट, मोजा वितरण गरिएको उक्त प्रा.लि.का सिइयो कुमार मैनालीले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा आइतबार एक कार्यक्रम गरि उक्त न्यानो कपडा वितरण गरिएको उक्त प्रा.लि. का मार्केटिङ म्यानेजर गिलभर्ट डेनियलले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का कार्यबाहक अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो । मानव सेवा आश्रमले होटल स्टार लाईट प्रा.लि.लाई र भेन्यु रिक्रियशन प्रा.लि.लाई प्रमाणपत्र दिएको थियो ।

उक्त न्यानो कपडा वितरण कार्यक्रममा होटलका सिइयो कुमार मैनाली , अप्रेसन मेनेजर रचित श्रेष्ठ ,मार्केटिङ म्यानेजर गिलभर्ट डेनियल, लेखा प्रमुख प्रेम भण्डारी, सन्तोष बिष्ट नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का निमित्त वडा अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *