युवा नेता कुश्माखरको नेतृत्वमा एमाले पार्टी कार्यालय पुन: निमार्णका लागि  १० लाख बढी रकम संकलन

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आगजनी र तोडफोड भएको नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यलय पुनः निर्माणमा युवा नेता कुश्माखर बस्यालयको नेतृत्वमा १० लाख बढी रकम संकलन भएर हस्तान्तरण गरेका छन् ।

बश्याल नेकपा एमालेको बाँके क्षेत्र नं को  क्षेत्रीय अध्यक्ष हुन् उनले एक हप्ताको समयमा पार्टीका विभिन्न तहमा रहेका व्यक्तिहरुबाट रकम उठाएर जिल्ला अध्यक्षलाई हस्तान्तरण गरेको बताएका छन् ।

बश्यालका अनुसार मैले पार्टीका शुभेच्छुकहरुबाट स्वस्फूर्त रुपमा उहाँहरुले पार्टीलाई माया गरेर रकम दिनु भएको छ छोटो समयमै घरघर जान नसके पनि फोनबाट सम्पर्क गरेर रकम दिनु भएको हो अरु थुप्रै व्यक्तिहरुले पनि दिने क्रम बढ्दो छ । हालसम्म १० लाख ६७  हजार उठिसकेको र बाकी उठने क्रम रहेको उनले बताए । उनले पार्टीको मायाले सहयोग गर्ने मनकारी व्यक्तिहरुलाई पनि धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *