निर्वाचित वडा अध्यक्षहरुले नै थाहै पाउदैनन् पालिकाको   गाउँ सभाबारे

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : कहि नभएको जात्रा हाडी गाउँमा भने झै जनताले जिताएका जनप्रतिनिधिहरुले नै थाहै पाउदैनन् पालिकाको गाउँ सभाको बारेमा यो कहानी हो बाँकेको डुडुवा गाउँपालिकाको ।

यही माघ ४ गते डुडुवा गाउँपालिकाको विशेष गाउँ सभा बस्ने भनेर गाउँ गाउँमा हल्ला छ तर उक्त पालिकाका वडा नं ५ र ६ का वडा अध्यक्षहरु झंक बहादुर थापा र मोहनराम मिश्रले गाउँ सभाबारे केही जानकारी नभएको बताएका छन् । उनीहरूले पर्सि अर्थात माघ ४ गते हुने भनिएको विशेष गाउँ सभाको बारेमा मंगलबार सम्म कुनै जानकारी नपाएको बताएका छन् ।

उक्त गाउँपालिका का प्रमुख नरेन्द्र चौधरीले मनपरि ढङ्गले कुनै सरसल्लाह नगरी एकोहोरो पेलेर काम गर्ने गरेको उनीहरूले बताए । फरक राजनीतिक धार भएको कारण आफ्नो वडामा कुनै पनि बजेट नपारी दिने, हरेक खरिद देखि कामकाज गर्दा अनियमितता प्रमुखले गर्ने गरेकोे उनीहरूले आरोप लगाए ।

उक्त पालिकामा भ्रष्टाचार भएको भनेर अख्तियारको कार्यालयमा समेत जानकारी दिदा कुनै पनि सुनुवाइ नभएको उनीहरूले बताए । उक्त पालिकामा पटकपटक सूचना माग गर्दा सूचना नदिने, बरु उल्टै थर्काउने गर्ने गरेको उनीहरूले बताए ।

राष्ट्रिय सूचना आयोगले पालिकाको नाममा सूचना उपलब्ध गराउनु भनेर पत्रचार गरेपनि हालसम्म सूचना उपलब्ध नगराएको उक्त पालिकामा भ्रष्टाचार विरुद्ध सशस्त्र सङ्घर्ष समितिका अध्यक्ष  विजय कुमार यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *