दक्ष पत्रकार  उत्पादनको  लागि म सहयोग गर्छु सांसद उषा पुन

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



कोहलपुर – दक्ष पत्रकार उत्पादनका लागि आफू सहयोग गर्न तयार रहेको लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुन उषाले प्रतिवद्ता जनाउनु भएको  छ।
प्रेस सेन्टर नेपाल  कोहलपुर नगर कमिटीको सोमाबर भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीको हरेक आन्दोलनमा प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको ठूलो योगदान रहेको जनाउदै दक्ष जनशक्ति उत्पादनका लागि पार्टी र आफू सहयोग गर्न तयार रहेको जनाउनु भएको हो । बाँके जिल्लाको ५ वटा स्थानीय तहमा प्रेस सेन्टरको शाखा गठन भएकोमा खुसी व्यक्त गर्दै सबै पालिकामा दक्ष पत्रकार उत्पादनको लागि शिक्षण चलाउन चाहिने आर्थिक सहयोग ब्यहोर्ने सांसद पुनले बताउनु भयो  । द्वन्द्व कालमा रुकुम रोल्पामा डोकोमा बोकेर रेडियो चलाएको स्मरण गर्दै बन्दुकको गोली र कलमको योगदान उत्तिकै रहेको उहाँको भनाई थियो। प्रेस सेन्टर नेपालमा लाग्दै गर्दा यस्को इतिहास र निति बझ्न जरुरी हुन्छ । द्वन्द्वकालमा हतियार गोली जस्तै कलमको इतिहास र महत्व उत्तिकै छ । जनयद्वको वेला उद्वगम स्थल रोल्पा, रुकुमको स्मरण गर्दै डोकोमा रेडियो चलाएको भित्ते लेखनबाट क्रान्तिका आवज उत्तिकै महत्वपुर्ण योगदान भएको बताउनुभयो  ।
पाँच पालिकामा प्रेस सेन्टरको शाखा गठन भएकोमा खुशि व्यक्त गर्दै दक्ष जनशक्ति उतपादन गर्न आग्रह गर्दै त्यसको लागि राम्रो खालको शिक्षण दिन आवश्यक रहेको बताउनुभयो। त्यसको लागि व्यवस्थापनमा आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्वता जनाउदै  भोको पेटले क्रान्ति सफल हुदैन काम गर्न पत्रकारलाई विशेष धन्यवाद दिदै पार्टीले विशेष सहयोग गर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *