नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको २६ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिल्ली क्षेत्री निर्वाचित हुनुभएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा इन्चार्ज दिपक चलाउनेको प्रमुख अतिथिमा तथा संगठनका भेरी-कर्णाली ब्युरो इन्चार्ज कमरेड प्रेम बहादुर शाहीको विशेष आथित्वमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले संगठनको उपाध्यक्षमा कमरेड राकेश दाहाल, सचिब कमरेड जीवन बोगटी र कोषाध्यक्ष कमरेड अमृता घर्ति, सदस्यहरुमा कमरेड कमल अधिकारी, किशोर शाही, सागर सेन पौडेल, सुनदेवी शाही, पदम बोगटी, कर्म बहादुर बोहोरा, शिर्जना शाही लगायत १९ सदस्यीय जिल्ला समिती गठन गरेको छ ।
