कारागारका कैदी बन्दीलाई त्रिपाल हस्तान्तरण

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज कारागारमा रहेका कैदी बन्दीहरुका लागि बिहीबार त्रिपाल हस्तान्तरण गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा  कैदी बन्दीहरुका लागि त्रिपाल हस्तान्तरण गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले प्रमुख आतिथ्यमा भएको त्रिपाल हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका डि.एस.पी. नारायण डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका  प्रमुख मोहन कुवर, जिल्ला कारागार प्रमुख अर्जुन जङ्ग शनह, समाजसेवी सुमन गिरी श्रेष्ठ लगायतको उपस्थितिमा त्रिपाल हस्तान्तरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले बताउनुभयो ।

त्रिपाल सहयोगी संस्थाहरूमा होटल स्टार लाइट नील देवी प्रा.लि., मानवता नेपाल बाँके, हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर, लायन्स क्लव अफ नेपालगन्जले सहयोग गरेको उक्त कार्यक्रममा संयोजक केपी घिमिरेले बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यहाँका बन्दी कैदीहरुलाई चिसो मौसम भएको हुदा सामूहिक आगो ताप्न दाउराको व्यवस्था आजै गरिदिने बताउनुभयो । कारागारबाट बाहिर आउँदा सबैले सीप मूलक सीपहरु सिकेर जानुपर्ने उहाँले बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले कारागारका बन्दी कैदीलाई क्याराम बोर्ड प्रतियोगिता गरिने उद्घोष गर्नुभएको छ । उक्त कार्यक्रममा सहयोगी संघसंस्थालाई प्रशंसा पत्र समेत प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *