शहरी विकास मन्त्री केसीको माघी पर्व थारु समुदायमा

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – थारु समुदायको महान पर्वका रुपमा मनाइने माघे संक्रान्ति माघी पर्व लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्ती सोनारीको समुदाय स्तरमा गएर मनाउनु भएको छ ।

माघ १ गतेका दिन प्रदेश मन्त्री केसी आफ्नो निर्वाचन क्षेत्र राप्ती सोनारीको विभिन्न ठाउँमा गएर थारु समुदायका दिदीबहिनीशीत नाचगान गरेर मनाउनु भएको हो  । सोही क्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको महिला एकता जागरण मन्चका महिला दिदीबहिनीहरु शीत गएर नाचगान गर्नु भएको हो ।

उक्त मन्चका अध्यक्ष सुरज कुमारी दहित सहितको टीमसहित नाचगान गरि रमाइलो गर्नु भएको मन्त्री केसीले उक्त समूहलाई आवश्यक सहयोग गर्ने वचन दिनु भएको अध्यक्ष दहितले बताउनुभयो । उक्त जागरण मन्चका सल्लाहकार गोविन्द दहितका अनुसार लुम्बिनी प्रदेश मन्त्री केसी जनताको वास्तविक समस्या बुझेर माघी पर्वमा जनताको  घरघरमा आउनु भएको मा  खुसी भएको बताउनुभएको छ ।
माघी पर्वको शुभ अवसरमा जनताको घरघरमा समस्या बुझ्दै रमाइलो गर्न आउनु  भएकोमा खुसी व्यक्त गर्दै राप्ती सोनारी वडा नं ७ का वडा अध्यक्ष राम लखन चौधरीले वास्तविक जनताको मन्त्री कृष्णा केसी  नमुना भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *