अछामी समाज सेवा बाँकेको होली मिलन तथा देउडा नाँच कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज :  अछामी समाज सेवा बाँकेको होली मिलन तथा देउडा नाँच कार्यक्रम भव्य रुपमा  सम्पन्न भएको छ ।
 
अछाम जिल्ला बाट बाँकेको नेपालगन्जमा आई व्यापार व्यवसाय तथा बसोबास गर्दै आइरहेका अछामीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ पिपल चौतारा आफ्नै निर्माणाधिन भवन नजिकै होली खेलेर र देउडा नाँच नाचेर होली मिलन कार्यक्रम गरेको सेवाका अध्यक्ष पुष्कर बहादुर खड्काले बताउनुभयो ।

उक्त होली मिलन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *