कानुन समाज सेवा बाँकेले चोरी नियन्त्रण गर्नका लागि जिल्ला  प्रशासनलाई ध्यानाकर्षण पत्र

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज – बाँके जिल्लामा कानुन सम्बन्धि सचेतना जगाउदै आइरहेको कानुन समाज सेवा बाँकेले बाँकेमा चोरी नियन्त्रण गर्नका लागि सक्रिय हुन र निर्देशन गर्नका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

पश्चिम नेपालकै ठूलो सहरमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गइरहेको हुदाँ मुलुकी अपराध सहिंता, २०७४ को भाग २ परिच्छेद २० दफा २४१ मा प्रष्ट व्यवस्था भए अनुसार चोरी नियन्त्रण गर्नका लागि उक्त पत्रमा उल्लेख गरिएको छ ।

बाँके जिल्लामा चोरी, डकैती, तथा लागू औषद् सेवन प्रयोग सम्बन्धि गतिविधि बढी भइरहेको हुदा कानुन समाज सेवा नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराउँदै त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याउन अनुरोध गरिएको छ ।

कानुन समाज सेवा बाँकेका अध्यक्ष छत्र सुनार लगायतको टीम गएर बिहीबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *