एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुचि र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाईमा व्यवस्थापन संकाय परेको हो ।
अर्थशास्त्र, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, व्ययसायीक अध्ययन , एकाउन्टेन्सीजस्ता विषय पढाई हुने यो संकाय अधिकांश उच्च मा.वि र कलेजहरुमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर पछिल्लो समयमा म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा बढी जीपीए ल्याउने विद्यार्थीबिच तीव्र प्रतिस्पर्धा छ ।

म्यानेजमेन्ट अध्ययनका लागि बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. एउटा सफल र उदाहरणीय ब्राण्डका रूपमा स्थापित विद्यालय हो । जसले गत वर्ष बाँकेका अरु विद्यालयको भन्दा उत्कृष्ट नतिजा दिन सफल भएको थियो । व्यवस्थापन विषय अध्ययनका लागि लुम्बिनी प्रदेशको बुटवल देखि यता, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा एकमात्रै उत्कृष्ट कलेजका रूपमा यो जि.भि.एन. रहेको छ ।
जि.भि.एन. कलेजका विशेषताहरू
जि.भि.एन. मा.वि. वि.सं. २०५२ सालमा स्थापना भएको हो । यसले वि.स. २०६८ सालदेखि कक्षा ११ र १२ पढाउन सुरु गरेको थियो । व्यवस्थापन, साइन्स, कानुन र शिक्षा विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको विद्यालय हो । यो विद्यालयमा साइन्स, कानुन विषय पनि अध्यापन हुदै आइरहेको छ । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान त्यहाँ पढ्ने विद्यार्थीले पाउँछन । त्यसैले यो विद्यालय साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाई हुने अरू विद्यालय भन्दा भिन्न छ ।
अर्को सबैभन्दा बलियो पक्ष भनेकै यहाँका अनुभवी शिक्षकहरू हुन् । यहाँ जो पायो त्यही शिक्षकले पढाउँदैनन् । धेरै शिक्षकहरू सम्बन्धित विषयमा दक्ष, अनुभवी रहेका छन् । जो विद्यार्थी ११–१२ कक्षा अध्ययनका लागि आउँछन्, उनीहरू आफैँले शिक्षकको मूल्यांकन गर्न पाउने व्यवस्था यो जि.भि.एन. कलेजमा छ । यदि कुनै शिक्षकबारे विद्यार्थीबाट बारम्बार गुनासो आयो भने शिक्षक नै हट्ने सम्भावना पनि हुन्छ । यसबाट शिक्षक सधैँ विद्यार्थीप्रति उत्तरदायी हुन्छन् । अर्को कुरा शिक्षक र विद्यार्थीबिच फ्रेन्ड्ली पारिवारिक सम्बन्ध हुन्छ भने शिक्षक अहिलेको जेनेरेसन र प्रविधिसँग अपडेटेड हुनैपर्छ । भन्दा र सुन्दा यो कुरा अनौठो लागे पनि यसले विद्यार्थीलाई नै सहयोग पुग्छ ।
शिक्षकले हरेक हप्ताभर पढाएको कुरालाई होमवर्क दिनैपर्छ र चेक गर्नुपर्छ । यहाँको कलेजको भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, खेलकुद मैदान जति पनि स्रोतसाधन छन्, ति सबै कलेजको लागि नै डिजाइन गरिएका छन् र विद्यार्थी केन्द्रित, विद्यार्थीको शिक्षण सिकाइमा सहयोग पुग्ने खालका छन् ।
यो कलेजमा भर्ना भएको हरेक विद्यार्थीले ग्रुपको अघि माइक समातेर कुनै विषयमा बोल्नैपर्छ । यसले उसको भाषिकदेखि निर्धक्क बोल्नमा निपुण हुन्छ । तिनै विद्यार्थी कलेजका विभिन्न गठन गरिएका क्लबमा सामेल हुन्छन् र त्यसमार्फत अनेकौँ अतिरिक्त क्रियाकलापमा सामेल हुन्छन् । यस्ता क्रियाकलापका लागि क्लबहरुलाई कलेजले सहयोग गर्छ । यहाँका विद्यार्थीहरुले देशकै धेरै कलेजहरूमा नेतृत्वदायी भूमिका खेल्न सक्छन् भने उत्कृष्ट विद्यार्थीमध्ये धेरैले विदेशमा अध्ययनका राम्रा अवसरहरू प्राप्त गरेका छन् । कलेजबाट बाहिर निस्किदा कुनै पनि विद्यार्थीले एउटा बलियो शैक्षिक प्रमाणपत्र र बोल्डनेस, कन्फिडेन्स बोकेर जानसक्छ ।
छात्रवृत्तिको व्यवस्था
जि.भि.एन. कलेजमा उपमहानगरपालिका, गाउँपालिका, नगरपालिकाबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रूपमा छात्रवृत्ति प्राप्त गर्छन् । यहाँ पढ्न आउने कुनै पनि विद्यार्थी छात्रवृत्ति बिना पढेको छैन भन्दा पनि हुन्छ । किनभने हरेक विद्यार्थीले जीपीए र कोही आर्थिक अवस्था नभएर पढ्न नपाएका विद्यार्थीहरुले पनि छात्रवृत्ति पाउँछन् ।
विद्यार्थी कलेजमा भर्नाका लागि आउँदा इन्ट्रान्स परीक्षा दिन्छ । जसमा राम्रो गर्न सकेमा एसईईको जीपीएलाई समेत हेरेर छात्रवृत्ति प्रदान गरिन्छ । जीपीए २.८ भन्दा कम जीपीए ल्याएको छ भने पनि इन्ट्रान्समा नाम निकाले पढ्न पाउँने व्यवस्था छ । इन्ट्रान्समा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूले कलेजमा तिर्ने वार्षिक शुल्क असाध्यै नगन्य हुन्छ ।
अतिरिक्त क्रियाकलापको व्यवस्था
जि.भि.एन. कलेज नेपालगन्जमा अतिरिक्त शैक्षिक क्रियाकलापको असाध्यै धेरै अवसरहरू छन् । यहाँ रहेका स्काउट क्लव, सोसल क्लव, इको क्लव, डान्स क्लव, म्युजिक क्लब, जि.भि.एन. डिबेड क्लब लगायतका क्लबहरु कलेजका अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय छन् । जसले कलेजका हरेक कार्यक्रमको नेतृत्व गर्छन् । उक्त कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीका अनुसार उनीहरु भोलिका दिनमा कुनै न कुनै संस्था चलाउदा पनि त्यसको व्यवस्थापन गर्नसक्ने, डिल गर्नसक्ने, बोल्न सक्ने, प्रोपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त हुन सक्छन् । त्यसैले अतिरिक्त क्रियाकलाप पनि सोही अनुसार क्लबहरुले सञ्चालन गर्छन् । हरेक वर्ष आउने नयाँ विद्यार्थीले पनि क्लबहरुलाई उस्तै गतिमा हाँकिरहेका छन् भने यिनै क्लबबाट विभिन्न सामाजिक कार्यहरु समेत गरिरहेका छन् । कतिपय ठुलो कार्यक्रम गर्नका लागि कलेजले सहयोग गर्छ भने कतिपय स्पोन्सरसिपका लागि कलेजले सामान्य कुराकानी गरिदिन्छ ।
पूर्व मन्त्रीहरु, वर्तमान मन्त्रीहरु, सभासदहरु विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय सरोकारवाला व्यक्तिहरु, शिक्षा प्रमुख, नगर प्रमुख, लगायतका व्यक्तिलाई यिनै क्लबका विद्यार्थीले बोलाएर कार्यक्रम गर्न सक्छन् । यसैगरी विषयको प्रकृतिअनुसार इन्डस्ट्रीयल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरुमा, ठूला कार्यालयहरु आदिको भ्रमण गरी कसरी चलिरहेका छन् र कसरी व्यवस्थापन भएको छ भन्नेबारेमा अध्ययन गराइन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीलाई कुनै थ्री स्टार,फोर स्टार होटलको भ्रमण गराइन्छ । कलेजमा खेलकुदका लागि बास्केटबल कोर्टको व्यवस्था छ । जसको विद्यार्थीले आफ्नो समयअनुसार उपयोग गर्न सक्छन् ।
म्यानेजमेन्ट कस्तो विषय हो ?
म्यानेजमेन्ट आजको अपरिहार्य विषय हो । किनकि यसको कुनै सीमा वा दायरा भन्ने हुँदैन । आफूदेखि समाज, संस्था र राष्ट्रलाई अघि बढाउन म्यानेजमेन्टको आवश्यकता छ । जुन सोचको बिजारोपण यही म्यानेजमेन्ट विषयबाट नै हुन्छ । त्यसैले यो एउटा गहकिलो तथा मल्टिडिसिप्लेनरी विषय पनि हो ।
उद्यमशीलता र व्यवसायको सञ्चालनका लागि म्यानेजमेन्टका विद्यार्थी आवश्यक छ । म्यानेजमेन्ट भन्नाले फाइनान्सियल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टजस्ता विषयमात्रै हुन् भन्ने बुझाई छ । तर प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्टजस्ता कुरा पनि यसैभित्र पर्छन् । यसैबाट सफल उद्यमी तथा कुशल व्यवस्थापक जन्मिन सक्छन् जसले देश र जनताको सेवामूलक काममा समेत टेवा पुग्न सक्छ ।
