नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत सरसफाइ कर्मचारीहरुलाई हेपाटाइटिस बि बिरुद्धको खोप लगाइएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा गठन गरिएको वेष्ट म्यानेजमेन्ट टिमको बैठकले प्रत्येक कर्मचारीहरुलाई संस्थासँग छलफल गरेर हेपाटाइटिस बि विरुद्धको खोप लगाउने निर्णय गर्न सिफारिस गरेकोमा पहिलो चरणमा सरसफाइ कर्मचारीहरुलाई खोप लगाउन सुरु गरिएको वेष्ट म्यानेजमेन्ट टिमको संयोजक सुमन गिरीले बताउनुभयो ।

बुधबार ३२ जना सरसफाइ कर्मचारीहरुलाई उक्त खोप लगाइएको र भोलि थप ३५ जनालाई लगाउने गिरीले बताउनुभयो । अस्पतालका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडियाले ९ सदस्यीय फोहर व्यवस्थापन टीम गठन गरिदिनु भएको प्रशासन प्रमुख कुमार अधिकारीले बताउनुभयो ।

